Trending :
 

म्यराथन

संसारकै चिसो ठाँउमा भएको म्यराथनमा नेपाली धावक दोस्रो र तेस्रो

चैत्र २८,२०७३

भीम गुरुङ (बायाँ) र समिर तामाङ (दायाँ)

-

चैत्र २८ –

नर्वेमा आइतबार सम्पन्न नर्थ पोल म्याराथनमा नेपाली धावक भीमबहादुर गुरुङ दोस्रो र समिर तामाङ तेस्रो भएका छन् ।

संसारकै सबैभन्दा चिसो ठाँउमा भएको नर्थ पोल म्याराथनमा नेपाली धावकहरुले दोस्रो र तेस्रो स्थान प्राप्त गरेका हुन् ।

विश्वका ३८ पुरुष धावकले पुरा गरेको म्याराथनमा पियोट्र सुचेनिया ४ घन्टा ६ मिनेट ३४ सेकेन्ड समयका साथ पहिलो भएका थिए ।

नेपाली धावक भीमबहादुर गुरुङ भने ४ घन्टा १८ मिनेट ५० सेकेन्डका साथ दोस्रो हुन् सफल भए । येस्तै नेपाल कै समिर तामाङ ४ घन्टा ३१ मिनेट २३ सेकेन्डमा तृतीय हुन् सफल रहे ।

नर्थ पोल म्याराथन गिनिज वल्र्ड रेकर्डमा ‘नर्थनमोस्ट म्याराथन अन नर्थ’को नाममा उल्लेख गरिएको छ ।

४२.१९५ किलोमिटरको उक्त म्याराथन -३१ डिग्री तापक्रममा सञ्चालन भएको थियो ।