आईपीएलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स खेल्दै

चैत्र २४,२०८०

-आस्था न्यूज

चैत २४, २०८० काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको १९औं खेल आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच हुँदैछ । खेल जयपुरको सवाई मानसिंह स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । 
 
गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ । अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ ।