फ्रेन्डसिप कपः नेपाल र गुजरातबीच फाइनल प्रतिस्पर्धा हुँदै

चैत्र २५,२०८०

-आस्था न्यूज

चैत २५, २०८० काठमाडौं ।
एसएमएस फ्रेन्डसिप कपको फाइनलमा आइतबार नेपाल र गुजरातबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल लिग चरणका चारमध्ये तीन वटा खेल जितेर विजेता बन्दै फाइनलमा स्थान बनाएको हो। गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो।
 
त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए। लगातार तीन खेलमा पराजित भएको बरोडा लिग चरणको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको थियो। लिगको अन्तिम खेलमा भने बरोडाले नेपालसँग सान्त्वना जित निकालेको थियो।