Trending :
 

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीद्वारा दाबी पेस

चैत्र २५,२०८०

-आस्था न्यूज

चैत २५, २०८० काठमाडौं ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्। उनले आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका हुन्।
 
अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा दाबी पेस गरेका हुन्। माओवादी केन्द्रका ८ सांसदमा सभामुख कृष्ण धिताल पनि पर्छन्।
 
यसअघिका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले नयाँ सरकार गठनको आह्वान गरेका थिए।