Trending :
 

कांग्रेसले उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजकमा विश्वप्रकाश र साउदलाई तोक्यो

चैत्र २५,२०८०

-आस्था न्यूज

चैत २५, २०८० काठमाडौं ।
नेपाली कांग्रेसले इलाम-२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम-२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउद संयोजक बनेका छन् । 
 
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा कांग्रेसले इलाम-२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस इलामका सभापति खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवास नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । 
 
सिंह सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । इलाम–२ र बझाङको चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गरिने महामन्त्री शर्माले बताए ।