एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य

चैत्र २५,२०८०

-आस्था न्यूज

चैत २५, २०८० काठमाडौं ।
ओपनर स्टेफन डोहेनीको शतकमा आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ ।
 
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनायो ।
 
आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेले । अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हानेका उनी रिजन ढकालको अफ साइडको बल कट खेल्ने धुनमा एज लागेर विकेटकिपर अर्जुन साउदको हातबाट समातिन पुगे ।
 
चोभार एण्डबाट आएका तीव्र गतिका बलर विकाश आग्रीको छैटौं ओभरको सट बलमा जेम्श म्याकुलम ९ रनमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए ।