सेयर बजारः २२.७५ अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

चैत्र २५,२०८०

-आस्था न्यूज

चैत २५, २०८० काठमाडौं ।
अघिल्लो साता लगातार पाँच दिनसम्म घटेको सेयरबजारमा आज भने भोल्युमसहित गतिलो बाउन्सब्याक भएको छ ।
 
बिहीबार २.८३ अङ्कले घटेको सेयरबजार आज भने २२.७५ अङ्कले बढेर २०२६.८१ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३ सय ७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब २५ करोड ६६ लाख ७७ हजार ३ सय ३३ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त, नेपाल फाइनान्स र मानुषी लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा तारागाउँ रिजेन्सी र कालिका लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज वित्त समूहको उपसूचक ५.९५ प्रतिशतले बढ्दा विकास बैंक समूहको उपसूचक ३.१६ प्रतिशत बढ्यो । यसैगरी आज होटल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक ०.०८ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक ०.०४ प्रतिशतले घट्यो ।