Trending :
 

नेपाली सेनाले चैत्र २९ गतेबाट चौथो संस्करणको सफा हिमाल अभियान सुरु गर्ने

चैत्र २५,२०८०

-आस्था न्यूज

चैत २५, २०८० काठमाडौं ।
नेपाली सेनाले सफा हिमाल अभियानको चौथो संस्करणअन्तर्गत चैत्र २९ गतेबाट अभियान सुरु गर्ने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिइएको हो । 
 
पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाका सहायक रथी एवं सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सञ्जय देउजाले चैत्र २९ गते टोली प्रमुखलाई प्रधानसेनापति प्रभुराम शर्माले ब्यानरसहित सामान हस्तान्तरण गरी सुरु हुने बताए । उनले अभियान वि।सं २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने बताए । 
 
उनका अनुसार सङ्कलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरी समापन गर्ने योजना रहेको छ । उनले यस अभियानमा सगरमाथा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सो भन्दा माथिका उचाइहरूबाट १० टन फोहोर तथा ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको बताए।