कोशी प्रदेशका माओवादी मन्त्रीले बुझाए राजीनामा

चैत्र २६,२०८०

-आस्था न्यूज

चैत २६, २०८० काठमाडौं । 
कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा बुझाएका छन् ।
 
सोमबार सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै माओवादी केन्द्रका मन्त्रीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।
 
कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती पर्यटन तथा वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री थिए ।