Trending :
 

डोल्पामा डढेलो निभाउने क्रममा ४ जना नेपाली सेना घाइते

चैत्र २६,२०८०

-आस्था न्यूज

चैत २६, २०८० काठमाडौं । 
डोल्पामा डढेलो निभाउने क्रममा ४ जना नेपाली सेना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा ४ जना घाइते भएका डोल्पा प्रहरीले जनाएको छ  । 
 
आइतबार दिउँसोदेखि वनमा लागेको आगो अत्याधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । हावाहुरीका कारण सोमबार दिउँसो फेरि सुरु भएको आगलागी नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका ४ जना सेना आगो निभाउने क्रममा घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 
आगलागीमा परि घाइते हुनेमा ३० वर्षीय विजय कोईराला, ३८ वर्षीय केसर बहादुर दर्जा मगर, २३ वर्षीय अशिस बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । घाइते भएकाहरुको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।