राजनीतिमा इमान्दारिताको खाँचो रहेको सांसद किराँतीको भनाई

चैत्र २६,२०८०

-आस्था न्यूज

चैत २६, २०८० काठमाडौं । 
नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताएका छन्। 
 
सोमबार काठमाडौंमा गायिका खुशी थुलुङ राईको पहिलो गिती एल्बम खुशीका रंगहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा इमान्दारिताको खडेरी परेको बताए। 
 
रानीतिमा इमान्दारितालाई मुख्य विषय बनाउनसके देश बन्न धेरै समय नलाग्ने बताए। उनले सार्वभौम सत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताए। संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो।