Trending :
 

पहाडी भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

चैत्र २७,२०८०

-आस्था न्यूज

चैत २७, २०८० काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।
 
मंगलबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
 
मंगलबार राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू(भागका  एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
 
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।