उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

चैत्र २७,२०८०

-आस्था न्यूज

चैत २७, २०८० काठमाडौं ।
निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।
 
आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।
 
आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम-२ मा २० जना र बझाङ १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।