प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

चैत्र २७,२०८०

-आस्था न्यूज

चैत २७, २०८० काठमाडौं ।
प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।  मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । 
 
त्यसपछि उनले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । प्रमुख सचेतकसँग बिहान बसेको बैठक र संसद् बैठक स्थगित गरेर बसेको दुवै बैठकमा सहमति नजुटेपछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । 
 
प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।