राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे र विष्णु पुडासैनीको उम्मेदवारी दर्ता

चैत्र २७,२०८०

-आस्था न्यूज

चैत २७, २०८० काठमाडौं ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि विमला घिमिरे र विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गरेका छन् । मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा घिमिरे र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् ।
 
घिमिरे नेकपा एमालेकी सांसद हुन् भने पुडासैनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेकी हुन् । उम्मेदवारी दर्तापछि घिमिरेले आफू उपाध्यक्षमा निर्वाचित हुनेमा ढुक्क रहेको बताइन् । 
 
घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की रहेका छन् । त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् । मतदान भने चैत २८ गते हुनेछ ।