Trending :
 

दमकमा आगलागी हुँदा दुई करोड बढीको क्षति

चैत्र २८,२०८०

-आस्था न्यूज

चैत २८, २०८० काठमाडौं ।
झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक गएराति आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ ।
 
अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्किएको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।
 
प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलाइसिस गराउने भवनमा फैलँदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् ।
 
अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले  डाइलाइसिस मेसिन कामन लाग्ने भएकाले अस्पतालको डाइलाइसिस सेवा पूर्ण बन्द भएको बताए ।
 
दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।
 
लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले जानकारी दिइन् ।