Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

राष्ट्रपति सीसीद्वारा तीन महिना संकटकालको घोषणा

चैत्र २८,२०७३

-

२८,२०७३ कायरो-

इजिप्टमा तीन महिना संकटकालको घोषणा गरिएको छ ।

इशाइ धर्मावलम्बीहरूलाई  केन्द्रित गरी गरिएको चर्च आक्रमणमा परी ४५ जनाको मृत्यु भएपछि इजिप्ट सरकारले तीन महिना संकटकालको घोषणा गरेको हो ।

४५ जनाको ज्यान जानेगरी भएको घटनाप्रति दु:ख व्यक्त गर्दै राष्ट्रपति अब्दुल फतेह अल सीसीले उक्त घटना पश्चात् तीन महिनाका लागि देशमा संकटकालको घोषणा गरेका हुन् ।

संकटकालको घोषणा सँगसँगै देश भरी नै सैनिक परिचालन गरिएको छ ।

आतंकवादी समूह इस्लामिक स्टेटले  उक्त आक्रमणको जिम्मा लिदै इस्लामिक राज्यको प्राप्ती नभए सम्मका लागि आन्दोलन जारी राख्ने बताएको छ ।