Trending :
 

नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग

चैत्र २८,२०८०

-आस्था न्यूज

चैत २८, २०८० काठमाडौं ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन्। 
 
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल पछिका सांसदहरु र कर्मचारीहरुको सम्पत्तिको छानविन गर्न माग गरे। बहुदलपछि खाली खुट्टा आएका नेताहरुको चार, चारवटा घर काठमाडौंमा कसरी आयो भनेर उनले प्रश्न पनि गरे। 
 
उनले भ्रष्ट नेताहरुलाई कारबाही गरेमा जनताले पनि गल्ती गर्ने नेताले कारबाही भोग्यो भनेर कुरा बुझ्ने बतए। उनले भने, ‘२०४७ सालपछिको सम्पत्तिको छानबिन गरौं। निश्चित रुपमा जनता समाजवादी पार्टी पनि माग गर्दैछ। ०४६ सालपछि बहुदल आयो। खाली खुट्टा आएका नेताहरुको घर-घरमा चार, चारवटा पँजेरो, चार, चारओटा ठुलो बिल्डिङ काठमाडौँमा कहाँबाट आयोरु निश्चित रुपमा छानविन गर्नुपर्छ। तब जनताको निराशा हट्छ। र जनताले बुझ्छ जुन नेताले गल्ती गर्‍यो, त्यसलाई कानुनी कारबाहीमा ल्याइयो । त्यतिमात्रै होइन कर्मचारीतन्त्रको पनि सम्पत्ति छानविन गर्नुपर्छ।’
 
उनले सहकारी ठगहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताए।