Trending :
 

सशस्त्र प्रहरी बलको स्टोरमा भएको आगलागी घटनाबारे छानविन सुरु

चैत्र २८,२०८०

-आस्था न्यूज

चैत २८, २०८० काठमाडौं ।
सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रिय स्टोरमा भएको आगलागी घटनाबारे छानविन गर्न भण्डारण शाखा ७ कर्मचारीलाई झिकाएर सोधपुछ सुरु गरिएको छ ।
 
आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा बनेको ९ सदस्यीय छानविन समितिले भण्डारण शाखाका एसपीसहित ७ जनासँग सोधपुछ सुरु गरेको हो ।
 
यसैगरी नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि सशस्त्र मुख्यालय मुख्यालय झिकाइएको छ ।