राजस्थानको अपराजित यात्रालाई टाइटन्सले तोड्यो, टाइटन्सको दुई रनको जित

चैत्र २९,२०८०

-आस्था न्यूज

चैत २९, २०८० काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेल रोचक बनेको छ। राजस्थान रोयल्सले ३ विकेटको क्षतिमा दिएको १९७ रनको चुनौती पछ्याएको गुजरात टाइटनले ७ विकेटको क्षतिमा अन्तिम बलमा १९९ रन बनाएर ३ विकेटको जित निकालेको हो।
 
गुजरातका लागि अन्तिम बलमा २ रन आवश्कय थियो। ब्याटिङमा रासिद खान थिए। उनले १० बलमा २० रन बनाइसकेका थिए। अन्तिम बलमा चौका प्रहार गर्दै उनले १९९ रन बनाएर अपराजित राजस्थानलाई पाँचौं खेलमा पहिलो हार चखाएर गुजरातका लागि रोचक जित दर्ता गराएका हुन्।
 
पहिलो खेलमा पराजित राजस्थान ५ खेल खेल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ६ वटा खेल खेलेको गुजरात तीन खेलमा पराजित भएको छ। ६ अंक जोडेको गुजरात तालिकाको छैठौं स्थानमा छ।