एसीसी प्रिमियर कप आजदेखि, नेपालले पहिलो खेल मलेसियासँग खेल्दै

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
आजदेखि एसीसी प्रिमियर कप शुरु हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताका विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
 
एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रहेका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया  छन् ।
 
प्रिमियर कपमा नेपाल समुह ए मा छ, जसमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समूह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् ।
 
नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ भने दोस्रो खेल अप्रिल १३ शनिबार कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ ९बुधबार० साउदी अरेबियासँग खेल्ने छ । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराह्न ४ः १५ बजेदखि शुरु हुनेछन् ।     
 
समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुने छ ।
 
नेपाल क्रिकेट संघ ९क्यान० ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।