गुड फ्राइडेः ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि प्रदर्शनमा

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
नेपाली बक्सअफिसमा आज शुक्रबारदेखि दुई नेपाली सिनेमा डिग्री माइला(किन चाउरिस मरिच आफ्नै रागले तथा द रेड सुटकेस प्रदर्शनमा आएका छन्। 
 
यो साता नेपाली बक्सअफिसमा कुनै पनि विदेशी सिनेमामा रिलिज भएका छैनन् भने महाजात्रा आफ्नो रिलिजको चौथो सातामा प्रवेश गरेको छ। बक्सअफिसमा उसले सुखद् कमाइ जारी राखेको छ।
 
आज रिलिज भएका दुईमध्ये दयाहाङ राई तथा आँचल शर्मा स्टारर डिग्री माइलाले डिग्रीधारी तर अहमताले भरिएको पात्रको कथा पेस गर्छ। सिनेमामा शैक्षिक अहमताले भरिएको पात्र र ऊप्रतिको समाजको अपेक्षाका सेरोफेरोमा घुमेको कथा पर्दामा हेर्न सकिन्छ।  
 
रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ आदिको प्रमुख अभिनय रहेको छ।
 
यस्तै,  प्रतिष्ठित भेनिस फिल्म महोत्सवमा अवार्ड जितेको ुद रेड सुटकेसुले वैदेशिक रोजगारी र सो क्रममा कार्यस्थलमै मृत्यु भोगेकाहरुको पीडालाई पेस गर्छ। सिनेमामा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा तथा श्रृष्टि श्रेष्ठको प्रमुख अभिनय रहेको छ। फिडेल देवकोटा निर्देशित यो सिनेमामा क्यूएफएक्स च्यानल लगायतका हलहरुमा मात्र प्रदर्शन हुनेछ।