प्रहरी प्रशासनलाई दुरूपयोग गर्न खोज्नेको सदस्यता नै खारेज गरिने गृहमन्त्रीको चेतावनी

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीलाई दबाब र प्रभावमा पार्ने, अनुचित फाइदा लिन खोज्ने र प्रहरी-प्रशासनलाई दुरूपयोग गर्न खोज्नेको सदस्यता नै खारेज गरिने चेतावनी  दिएका छन्। 
 
पार्टी कार्यकर्तालाई हिजो वीरगञ्जमा सम्बोधन गर्दै मन्त्री लामिछानेले आफूहरु सरकारमा देश र जनताका पक्षमा काम गर्न गएकाले व्यक्तिगत लाभ र हानीको काम लिएर कोही पनि नआउन चेतावनी दिए । पार्टी सरकारमा भएको लाभ कुनै पनि नेतारसदस्यलाई हुने छैन,उनले भने 
 
लामिछानेले रास्वपाका नेतारसदस्यले कानून बर्खिलाप काम गरे तिनलाई अरुलाई भन्दा बढी कारबाही गरेर जानकारी गराउन प्रहरीरप्रशासनलाई पनि आग्रह गरे । राजनीतिको आडमा कुनै दल तथा नेता-कार्यकर्ताको नाजायज काम सह्य नहुने उल्लेख गर्दै उनले  सूचना संकलन, सेवा प्रवाह, सुशासन कायम आदिका लागि स्थानीयस्तरमा प्रशासनरप्रहरीलाई सहयोग गर्न रास्वपाका नेता-कार्यकर्तालाई निर्देशन दिए।