राष्ट्रियसभा बैठक बस्दै

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ।
 
आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन्  ।
 
कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाध्ध स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका संसोधनमाथि छलफल गरियोस’ र सो ‘संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख रहेको छ ।