मन्त्रिपरिषद् बैठक बस्दै

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
हिजो बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ । 
 
शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठकको सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए । यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्‍याइएको हो ।
 
बैठकले सरकारका नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।