वाणिज्य बैंकहरुले घटाए ब्याजदर

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
बैंकहरुमा पैसा थुप्रिएपछि वाणिज्य बैंकहरु वैशाख महिनाको लागि ब्याज घटाएका छन्। 
 
पछिल्लो समय तरलता सहज हुँदै गएपनि कर्जाको माग भने बढ्न सकेको छैन जसका कारण निरन्तर ब्याजदर घट्दो आकारमा रहेको छ। 
 
बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१ प्रतिशत घटेर औसत ७.१ प्रतिशतमा झरेको छ भने संस्थागततर्फ भने ०.१५ प्रतिशत घटेर ५.९ प्रतिशतमा झरेको छ । चैत महिनामा औसत ब्याजदर व्यक्तिगततर्फ ७.२५ प्रतिशत थियो भनेर संस्थागततर्फ ६.०५ प्रतिशत रहेको थियो ।
 
२० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ बैंकहरुले चैत कै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकहरुले ब्याजदर बढाएका छन्।