२०८० सुनको मूल्यमा रेकर्डः अन्तिम दिन तोलामा १ लाख ३९ हजार पुग्यो

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
यो वर्षको अन्तिम दिन शुक्रबार सुनमा हालसम्मकै उच्च मूल्य कायम भएको छ । चैत ३० गते छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो । 
 
योसँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो । 
 
यस्तै, तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ । 
 
यता चाँदीको मूल्य भने वर्षभरिमा तोलामा ५३२ रुपैयाँ बढ्दै १ हजार ७७५ रुपैयाँ कायम भएको छ ।