राष्ट्रियसभाको रिक्त सदस्यमा डा अन्जान शाक्यलाई मनोनित गर्न सिफारिस

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा डा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनितका लागि सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
 
पूर्वराजदूत अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन्। शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन्।
 
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई राजदूत नियुक्त गरेको थियो। ओलीपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई राजदूतबाट फिर्ता बोलाएको थियो। उनी एमाले विदेश विभाग सदस्यसमेत हुन्।