गृहमन्त्रीमाथी संसदीय छानबिनको माग छल्न अधिवेशन अन्त्यको सिफारिस गरियोः कांग्रेस

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेश नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
 
कांग्रेसकी सचेतक शुशिला थिङले सरकारले यस्तो यस्तो निर्णय लिनु अगाडि प्रमुख प्रतिपक्षी दलसँग पर्याप्त छलफल र परामर्श नगरेको बताइन् ।
 
उनले भनिन्, ‘चालू अधिवेशन अन्त्य गर्ने समय हुँदै थियो । वैशाख पहिलो सातासम्म चलाउन सकिन्थ्यो । तर, सरकारले संसदीय छानबिनको माग छल्न संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हाम्रो बुझाइ छ ।’
 
कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताउँदै आएको छ ।