संसद्‌मा व्यक्त हुने असन्तुष्टि र आक्रोश स्वाभाविक भएको सभामुखको भनाई

बैशाख ०२,२०८१

-आस्था न्यूज

वैशाख २, २०८१ काठमाडौं ।
सभामुख देवराज घिमिरेले संसद्‌मा व्यक्त हुने असन्तुष्टि र आक्रोश स्वाभाविक भएको बताएका छन्। आइतबार संसद्को हिउँदे अधिवेशन अन्त्यका क्रममा समापन मन्तव्य राख्दै घिमिरेले सो कुरा बताएका हुन्।
 
ुसंसद् जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख स्थान भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोस पनि व्यक्त हुन्छ, उनको भनाइ छ,नेपाली समाज र राजनीतिमा रहेका विविधता, विरोध र बहस पनि स्वभाविक रूपमा देखिन्छ।
 
उनले संसदमा अभिव्यक्त जनप्रतिनिधिहरुका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्यारउने बताए। भने, ुसंसद्‌मा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याणउन सके यस गरिमामय संस्थाको महत्त्व र समयको उचित सदुपयोग हुन सक्दछ।ु