सुन प्रति तोला २२ सय रुपैयाँले घट्दा चाँदी ५० रुपैयाँले सस्तियो

बैशाख ०२,२०८१

-आस्था न्यूज

वैशाख २, २०८१ काठमाडौं ।
लगातार नयाँ रेकर्ड कायम गरिरहेको सुनचाँदीको मूल्यमा आज भने गिरावट आएको छ । आज सुनको भाउ प्रति तोला २२ सय रुपैयाँले घट्दा चाँदी पनि ५० रुपैयाँले सस्तिएको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
आज चाँदी प्रति तोला एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।