ऋण व्यवस्थापन कार्यालयले सोमबार २४.७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

बैशाख ०२,२०८१

-आस्था न्यूज

वैशाख २, २०८१ काठमाडौं ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भोलि २४.७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनक लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
 
कार्यालयले २८ दिनका पाँच अर्ब रुपैयाँ, ९१ दिनका लागि ७।७ अर्ब रुपैयाँ, १८२ दिनका लागि पाँच अर्ब रुपैयाँ र ३६४ दिनका लागि सात अर्ब रुपैयाँको ट्रेजरी बोलकबोल गर्न लागेको हो । सबै बिल्सहरु पुरानै नवीकरण गर्न लागिएको हो । बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । 
 
यसअघि चैत २५ गते कार्यालयले २८, ९१ र ३६४ दिने १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । ती बिलहरु बैंक तथा वित्तीय संस्थाले क्रमशः २।९७७६, ३.११८५ प्रतिशत र ३.२६९३ प्रतिशत ब्याजमा खरिद गरेका थिए । पछिल्लो समय तरलतामा सामान्य प्रेसर पर्दा बैंकहरुले बोलकबोलमा ब्याजदर बढाउन थालेका छन् ।