Trending :
 

धनुषामा एक महिला मृत फेला

बैशाख ०२,२०८१

-आस्था न्यूज

वैशाख २, २०८१ काठमाडौं ।
धनुषामा एक महिला मृत भेटिएका छन्।
 
हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभदेवी मण्डल मृत भेटिएको प्रहरीले जनाएको छ।
 
शनिबार सहिदनगर नगरपालिका-४ ननुपट्टी स्थित गहुँ खेतमा उनको शव फेला परेको धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।
 
मृत भेटिएकी मण्डको हत्या भएको हुनसक्ने प्रहरीले आकलन गरेको छ।  
 
‘जिउभरी घाउ चोटहरु देखिएको छ। अहिले तालिमप्राप्त कुकर परिचालन गरी अनुसन्धान भइरहेको छ,’ डिएसपी अवाले भने।
 
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख आफैं खटिएको पनि उनले बताए।
 
डिएसपी अवाका अनुसार एकजनाको मृत्यु भएपछि शुभदेवी माइत गएकी थिइन्।
 
उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन भएपछि परिवारले उनको खोजी सुरु गरेको थियो।
 
त्यस क्रममा घर नजिकै रहेको खेतमा शनिबार बिहान ९ बजे स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
 
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।