Trending :
 

नेपालगन्जमा 'नेपालगन्ज महोत्सव' आयोजना

चैत्र २८,२०७३

-

नेपालगन्ज, चैत्र २८, २०६३-

नेपालगन्जले ‘नेपालगन्ज लिटरेचर तथा फिल्म महोत्सव’ सुरु गरेकोछ ।

उक्त महोत्सवमा साहित्यकारहरु, पत्रकारहरु र कलाकारहरुको विशेष उपस्थिति रहेको छ ।

चैत्र २७ देखि २९ गते सम्म कार्यक्रममा प्यानल डिस्कसन, लैंगिक समानता र राजनीति देखि साहित्य र संस्कृतिका विभिद विषयहरुको बारेमा चर्चा गरिने छन् ।

नेपाली साहित्य जगतका परिचित अनुहारहरु अमर न्यौपाने, रामलाल जोशी, नयनराज पाण्डे र नारायण ढकाल लगायतका व्यक्तिहरुको उक्त लिटरेचर फेस्टिवलमा विशेष रुपमा उपस्थिति रहने छ ।

कृयटिभ ह्यान्डस् ग्रुपद्वारा आयोजित उक्त महोत्सवमा थुपै खेलहरु, कला प्रदर्शनी, अन्तराष्ट्रिय फिल्म प्रदर्शनी, गजल वाचन लगायतका विभिध आक्रर्षणका सामग्रीहरु पनि समावेश गरिएको छ ।

नेपालगंज लिटरेचर तथा फिल्म महोत्सव शुक्रबार साईकल रयाली गरि सुरु भएको थियो ।

शनिवार भने नेपाल लिटरेचर एकडेमीले डिस्कसन सेसन गरि मुसरा, गजल र कविता वाचन गरि टुंगाएको थियो ।

हिजो आइतवार ‘नेपाली साहित्यमा तराई-मधेस र सीमान्तीकरण’ शीर्षकको सेसन भयो ।

अन्तिम दुई दिनमा भने नेपाली तथा अन्तराष्ट्रिय गरि २० भन्दा बढी फिल्महरु प्रदर्शन गरिनेछ ।

‘नेपालगन्ज लिटरेचर फेस्टिवल’ चैत्र ३१ गते सम्म चल्नेछ ।