अछाममा आगलागीमा परि २ जनाको मृत्यु

बैशाख ०३,२०८१

-रासस

वैशाख ३, २०८१ काठमाडौं ।
अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।
 
स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
 
उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो ।
 
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।