Trending :
 

आयोगले पठायो इलाम र बझाङका लागि मतपत्र

बैशाख ०५,२०८१

-आस्था न्यूज

वैशाख ५, २०८१ काठमाडौं ।
निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ का लागि मतपत्र पठाएको छ । 
 
जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा छापेर आज सम्बन्धित जिल्लामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । इलाम क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार प्रति मतपत्र र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित क्षेत्रमा पठाएको हो । मतदाता सङ्ख्या भन्दा झन्डै १० प्रतिशत बढी मतपत्र पठाइएको हो । 
 
केही मतपत्रमा मसी लतपतिने, च्यातिने, बिग्रिने भएका कारण केही प्रतिशत बढी मात्रामा मतपत्र छपाई गरिने शर्माले जानकारी दिए । ती क्षेत्रमा यतिबेला विभिन्न दलका उम्मेदवारहरू चुनाव प्रचारको क्रममा रहेका छन् ।