संसदीय समिति बैठक बस्दै

बैशाख ०७,२०८१

-आस्था न्यूज

बैशाख ७, २०८१ काठमाडौं ।
संघीय संसद्को एक समितिको बैठक बस्दै छ ।
 
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।
 
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।