सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

बैशाख ०७,२०८१

-आस्था न्यूज

बैशाख ७, २०८१ काठमाडौं ।
सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।
 
दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।
 
दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
 
उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे लगिदै छ ।