त्रिभुवन विमानस्थलबाट भारतीय महिलाले ल्याएको सुन बरामद

बैशाख ०७,२०८१

-आस्था न्यूज

वैशाख ७, २०८१ काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।
 
शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।
 
उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् ।