नयाँ सरकारप्रति जनतामा कुनै उत्साह नभएको कांग्रेस प्रवक्ता महतको भनाई

बैशाख ०७,२०८१

-आस्था न्यूज

बैशाख ७, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारप्रति जनतामा कुनै उत्साह नरहेको बताएका छन् ।
 
उनले जनतामा आशा जगाउनकै लागि कांग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको दाबी गरे । 
 
शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको बताए ।