पाटन क्याम्पसको तालाबन्दी बिरुद्ध ४ विद्यार्थी संगठनको भर्त्सना

बैशाख ०७,२०८१

-आस्था न्यूज

बैशाख७,२०८१काठमाडौं।
पाटन संयुक्त क्याम्पसमा भएको तालाबन्दी बिरुद्ध ४ विद्यार्थी संगठनले बिरोध जनाउँदै भर्त्सना गरेका छन् ।
 
पाटन क्याम्पस विगत लामो समयदेखी तालाबन्दीमा छ । तालाबन्दीका कारणले क्याम्पसका नियमित प्रशासनिक एवं शैक्षिक क्रियाकलापहरु प्रभावित हुदै गएको, त्रिविले समेत स्नातक तह चौथो वर्षको परिक्षा समेत सार्न बाध्य भएको, क्याम्पसका विभिन्न विभागहरु समेत ठप्प हुँदा विद्यार्थीले नियमित रुपमा भर्ना, फिल्ड भिजिट लगायतका शैक्षिक कार्यक्रमहरुमा समावेश हुन नपाएको भन्दै ४ विद्यार्थी संगठनहरुले सहज रुपमा पठनपाठन सुचारु गर्न माग गर्दै संयुक्त विज्ञप्ती सार्वजनिक गरेका हुन ।
   
नेकपा माओवादी (विप्लव) निकट अखिल समाजवादी, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी (वैद्य) निकट अखिल क्रान्तिकारी र वैज्ञानिक समाजवादी पार्टी निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठन सहित ४ संगठनले संयुक्त विज्ञप्ती सार्वजनिक गरेका हुन । 
No description available.
विज्ञप्तीमा भनिएको छ, ”क्याम्पस प्रशासनमा लागेको तालाबन्दी महिनौ दिन बितिसक्दा पनि क्याम्पस प्रशासन मौन बस्नुले विद्यार्थीको साझा भविष्य माथी खेलवार्ड भएको छ । सम्पुर्ण विद्यार्थीको नियमित पठनपाठन तथा शैक्षिक क्रियाकलाप, दैनिक प्रशासनिक कार्य, नियमित परिक्षा, फिल्डभिजिट लगाएतका कार्यहरु विभाग बन्द भएका कारणले दैनिक शैक्षिक क्रियाकलाप गर्न गराउन समेत प्राध्यापकहरुलाई समस्या भएको हुँदा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस क्याम्पसमा भएको अनेकौँ अस्वस्थ क्रियाकलापहरु, बेतिथि र विसंगतिका विरुद्धमा हामी लामो समय देखी लड्दै आएका छौ भने विद्यार्थीको साझा भविष्य निर्माण गर्ने कुरा होस या यस क्याम्पसको बृहत्तर विकासका लागी हामीले संधै हातेमालो गर्दै आएका छौ । कोही कसैले पनि कुनै पनि बाहनामा विद्यार्थीको भविष्य माथी खेलवार्ड गर्ने छुट कसैलाई पनि छैन ।“  
 
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले फरक फरक विज्ञप्ती जारी गर्दै विगत एक महिना देखी पाटन क्याम्पसमा विभिन्न माग राखी तालाबन्दी गरेका थिए । आन्दोलनरत पक्षको माग पुरा गर्ने सन्दर्भमा पटक पटक वार्ता गरिएता पनि माग माथीमाग थपेर अड्काउने काम मात्र भएको क्याम्पस प्रशासनले बताएको छ । 
 
प्रशासनिक भवनको च्यानल गेटमै ताला लगाईएका कारणले लेखा शाखा, आर्थिक प्रशासन शाखा, क्याम्पस प्रमुख, दिवा सत्रको सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, भुगोल विभाग, नेपाली विभाग, अंग्रेजी विभाग, योजना शाखा, कर्मचारी हाजिरी शाखा लगायतका शाखाहरु एवं कक्षहरु एक महिना देखि ठप्प हुदै आएका छन् । 
 
पाटन संयुक्त क्याम्पस त्रिवि पछिको दोस्रो ठुलो क्याम्पसका रुपमा चिनिन्छ । तीन वटा संकाय, १३ वटा विषयमा स्नातकोत्तर, ५ वटा नीजि कार्यक्रमहरुमा करिव ८००० भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । 
 
पाटन क्याम्पसमा गत वर्षको चैत्र २५ गते स्ववियु निर्वाचन सम्पन्न भएको थियो । विद्यार्थी हकहितका लागी स्थापित विद्यार्थीको साझा संस्था स्ववियुको नेतृत्व समस्याका अगाडी मुखदर्शक भएको विद्यार्थीहरुले आरोप लगाएका छन् । क्याम्पसमा भएका अनेकौँ समस्या समाधानमा स्ववियुले कुनै भुमिका नखेलेको, निकम्मा भएको भन्दै उनीहरुले स्ववियुलाई समेत लिखित ध्यानाकर्षण गराएका छन् । 
No description available.No description available.No description available.No description available.