रुकुम पश्चिममा डढेलोमा परि एक वृद्धाको मृत्यु

बैशाख ०९,२०८१

-आस्था न्यूज

बैशाख ९, २०८० काठमाडौं ।
रुकुम पश्चिमको भड्नीगारे सामुदायिक वनमा लागेको आगोमा परी एक वृद्धा महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका-३ की स्थानीय ७० वर्षीया बुदी कामी रहेकी छन् ।
 
पश्चिम रुकुमका प्रहरी प्रमुख नवराज पोख्रेलले उनको शव जिल्ला अस्पताल सल्लेमा ल्याइसकिएको बताए । ‘जलेर घटनास्थलमा नै उहाँको मृत्यु भएको थियो । पोस्टमार्टम गर्नका लागि यहाँ जिल्ला अस्पतालमा ल्याइएको हो,’ रातोपाटीसँग उनले भने, ‘वनमा लागेको आगो घरतर्फ आउन खोजेपछि उहाँ निभाउन जानु भएको रहेछ । आगोले समात्यो, जल्नुभयो ।’
 
प्रहरीका अनुसार त्यहाँ स्थानीयको थप तीन वटा घर पनि आगोले नष्ट भएका छन् । आगो अझै नियन्त्रणमा भने आएको छैन । त्यहाँ अहिले प्रहरीको रोहवरमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।