आज तोलामा ११ सयले घट्यो सुनको मूल्य

बैशाख १०,२०८१

-आस्था न्यूज

बैशाख १०, २०८१ काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको  छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।
 
महासंघका अनुसार आज छापावाल सुन १ लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
हिजो आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
 
त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलाको १७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो आइतबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।