शिक्षक महासङ्घको महाधिवेशन सुरु

बैशाख १०,२०८१

-आस्था न्यूज

बैशाख १०, २०८१ काठमाडौं ।
नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनबारे आपसी सहमति हुन नसकेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने  भाग नलिने भएको छ ।
 
महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । 
 
महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए ।