सेयरबजारमा आज पनि दोहोरो अङ्कको गिरावट

बैशाख १०,२०८१

-आस्था न्यूज

बैशाख १०, २०८१ काठमाडौं ।
लामो गिरावट पछि आइतबार बढेको सेयरबजार सोमबार फेरि ओरालो लागेको छ । २०८१ साल शुरु भएपछि लगातार चार दिन ओरालो लागेपछि नेप्सेमा हिजो बढेको थियो ।
 
आइतबार १२.२९ अङ्कले बढेको सेयरबजार आज भने १५.४१ अङ्कले घटेर १९६९.०२ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा पिपुल्स पावर, मानुषी लघुवित्त र विन लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा दोल्ती हाइड्रो र एनआईसी लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज कुनैपनि उपसूचक बढ्न सकेन भने फाइनान्स समूहको उपसूचक सर्वाधिक २.१ प्रतिशतले घट्दा उत्पादन तथा प्रसोधन समूहको उपसूचक १.२ प्रतिशतले घट्यो ।