सर्लाहीको बिहे घरमा आगलागी, दुई जना घाइते

बैशाख १२,२०८१

-रासस

वैशाख १२, २०८१ काठमाडौं ।
सर्लाहीको बलरा नगरपालिका मिर्जापुरको एउटा घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । बलरा–६ मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा बिजुलीको तार सर्ट भएर गए राति आगलागी भएको हो ।
 
आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा छ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतो र स्थानीय राज मङ्गल घाइते हुनुभएको छ ।
 
यसैबीच कविलासी नगरपालिका-२ पिपरियामा भएको आगलागीबाट स्थानीयवासीको ८० हजार रुपैयाँ बराबरको परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट वारिस शेख, हृदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो ।