सेयरबजारमा झिनो अंकको वृद्धि

बैशाख १२,२०८१

-आस्था न्यूज

वैशाख १२, २०८१ काठमाडौं ।
क्रेता-बिक्रेताको तीव्र प्रतिस्पर्धाबीच बुधबार सेयरबजारमा झिनो अङ्कको वृद्धि भएको छ । आज तीव्र उतारचढाव भएर अन्त्यमा बजार बढेरै बन्द भएको हो ।
 
सोमबार १५.४१ अङ्कले घटेको सेयरबजार आज भने ०.१५ अङ्कले बढेर १९६९.१७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा पोखरा फाइनान्स, गुराँस लघुवित्त र सपोर्ट लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा माइखोला हाइड्रो रह्यो । उक्त कम्पनीहरुको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।
 
आज फाइनान्स समूहको उपसूचक सर्वाधिक २.४४ प्रतिशतले बढ्दा उत्पादन तथा प्रसोधन समूहको समूहको उपसूचक ०.७५ प्रतिशत बढ्यो । यसैगरी आज होटल समूहको उपसूचक सर्वाधिक ०.४४ प्रतिशतले घट्दा नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक ०.४३ प्रतिशतले घट्यो ।