लुम्बिनीका बिना विभागीय मन्त्रीहरूले पाए जिम्मेवारी

बैशाख १२,२०८१

-आस्था न्यूज

वैशाख १२, २०८१ काठमाडौं ।
लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन्। बुधबार मुख्यमन्त्री जोखबहादुर महराले सात जना मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।
 
दिनेश पन्थीले आन्तरिक मामिला कानून तथा सञ्चार, खड्ग बस्नेतले पर्यटन उद्योग तथा सहकारी, धर्मबहादुर चौधरीले भौतिक पुर्वाधार विकास तथा यातायात, अर्जुन कुमार केसीले वन तथा वातावरण, भूमिश्वर ढकालले शहरी विकास तथा खानेपानी, रत्नबहादुर खत्रीले सामाजिक विकास र भगवती अधिकारीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
 
मुख्यमन्त्री महराले उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय भने आफैंसँग राखेका छन्। उनले यसअघि नै चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना, दिपेन्द्रकुमार पुन मगरलाई स्वास्थ्य र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका थिए। अहिरले भने सहमति पालना नभएको भन्दै राजीनामा दिइसकेका छन्।