बिहीबार सेयरबजारमा झिनो अङ्कको गिरावट

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं । 
साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजारमा झिनो अङ्कको गिरावट भएको छ । आज उतारचढावका बीच अन्त्यमा बजार घटेर बन्द भएको हो ।
 
बुधबार ०.१५ अङ्कले बढेको सेयरबजार आज भने ३.२४ अङ्कले घटेर १९६५.९३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५ सय ९४ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो ।
 
आज सर्वाधिक कमाउने कम्पनीहरुमा मल्टिपर्पस फाइनान्स, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त र बेस्ट फाइनान्स रहे । ती कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा सबैको लघुवित्त, माइखोला हाइड्रो र एनआरएन रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।