पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला

बैशाख १३,२०८१

-आस्था न्यूज

वैशाख १३, २०८१ काठमाडौं ।
पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला भएको छ ।
 
जिल्ला अदालत रौतहटले कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
 
बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
 
रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।
 
अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।